समाचारआइतबार, फाल्गुण १३, २०६९
पारस शाहको पेटको रक्तश्राव रोकियो
१३ फागुनमा अस्पतालले जारी गरेको विज्ञप्तिमा चिकित्सहरुले पेटमा भइरहेको रक्तश्राव रोक्न सफल भएको र रक्त चाप नियन्त्रणका लागि उनलाई दिइएको औषधीको मात्रा समेत घटाइएको उल्लेख छ । तर पनि उनको अवस्था अँझै जटिल र स्थिर रहेको अस्पतालले जनाएको छ ।
दुई वर्षदेखि थाइल्याण्डमा बस्दै आएका पारस शाहलाई ८ फागुनमा हृदयघात भएपछि बैंककस्थिति सिमितभेज सुकुम्भित अस्पतालमा भर्ना गरिएको थियो । उनी अहिलेसम्म बेहोस अवस्थामै छन् । हाइपोथर्मिक पद्दतीबाट उपचार थालिएका पारसको १२ फागुनमा पेटमा आन्तरिक रक्तश्राव भएपछि स्वास्थ्यअवस्था थप जटिल बनेको थियो ।
पारसलाई हृदयघात भएपछि उनकी पत्नी हिमानी शाह, बहिनीहरु र अन्य आफन्त बैंकक पुगिसकेका छन् भने एक महिना लामो बसाइका लागि सिमरा गएका पूर्वराजा ज्ञानेन्द्र आफ्नो भ्रमण छोट्याएर १३ फागुनमा काठमाडौं फर्किएका छन् ।

