समाचारसोमबार, फाल्गुण १४, २०६९

डिएभी स्कुलका तीनवटा बस तोडफोड

हिमालखबर

१४ फागुन बिहान विद्यार्थी लिन गएका दुई वटा बस पुल्चोक दमकल नजिक र एउटा धोबीघाट ठाडो ढुंगामा तोडफोड भएको हो । त्यसैगरी स्कुलकी प्रिन्सपल चढेको कारमाथि पनि ढुंगा प्रहार भएको स्कुलका कर्मचारी प्रशान्त सामलले जानकारी दिए ।

स्कुलबाट निष्काशित शिक्षकहरुको पुनर्बहाली र भारतीय पाठ्यक्रम हटाउन दबाव दिन गाडीमा तोडफोड गरिएको संगठनले जनाएको छ । आफ्ना मागहरु सम्बोधन नभएमा थप आन्दोलन गर्ने निष्काशित शिक्षकहरुले बताएका छन् ।

स्कुलका बस इञ्चार्ज प्रशान्त सामलले भने विना कुनै पूर्व सूचना विद्यार्थी लिन गएका बसहरु माथि तोडफोड हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । व्यवस्थापनसँग भएका समस्याहरु वार्ताकै माध्यमबाट टुंग्याउनु पर्नेमा बसमाथि आक्रमण हुनु दुखद भएको सामलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>