थप समाचारसोमबार, फाल्गुण १४, २०६९

नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप

हिमालखबर

१४ फागुनमा भएको झडपमा दुबै पक्षका ६ जना विद्यर्थी घाईते भएका छन् ।

एनेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी र नेपाल विद्यार्थी संघका विद्यार्थीहबीच झडप हुँदा नेविसंघका जिल्ला उपाध्यक्ष अच्युतराज कलौनीसहित अन्य दुई विद्यार्थी र क्रान्तिकारीका जिल्ला ईन्चार्ज राधाकृष्ण जोशी र जिल्ला अध्यक्ष सिके भट्ट सहित तीन जना विद्यार्थी घाईते भएका छन् ।

क्रान्तिकारीले आयोजना गरेको भेलामा नगइ क्याम्पसको वार्षिकोत्सवका लागि सदन विभाजन गरेको सूचना पढ्न विद्यार्थी गएपछि क्रान्तिकारीले सूचना पाटी लुकाएको थियो । सूचना पाटी लुकाएको विषयमा विवाद बड्दै जाँदा क्रान्तिकारीका विद्यार्थीले नेवि संघका उपाध्यक्ष कलौनीमाथि हातपात गरेका थिए ।

झडपमा क्रान्तिकारीका अध्यक्ष भट्ट गम्भीर घाईते भएका छन् । उनलाई उपचारका लागि भारतको खटिमा लगिएको छ भने अन्य घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

झडपका क्रममा विद्यार्थीले क्याम्पसमा रहेका कम्पप्युटर र प्र्रिन्टर पनि तोडफोड गरेका छन् । क्यामपस प्रमुख र सहायक क्याम्पस प्रमुख कक्षमा पनि तोडफोड गरेको क्याम्पस प्रमुख डा.भवानी चन्द ठकुरीले जानकारी दिए ।

झडप नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठी चार्ज गर्न परेको थियो ।

बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>