समाचारमंगलबार, फाल्गुण १५, २०६९

सुनीलबाबु पन्तद्वारा सभासद् हुँदाको तलब फिर्ता

रासस

पछिल्लो ११ महिनादेखि संविधान बनाउन नसकेको भन्दै तलब नलिएका पूर्व सभासद् पन्तले करिब साढे नौ लाख रुपैयाँ संसद सचिवालयमा फिर्ता गरेका हुन । यौनिक तथा अल्पसङ्ख्यक समुदायका मानिसलाई आफ्नो पहिचानसहित समाजमा खुलेर आउनका लागि उनले निलहिरा समाज स्थापना गरेका थिए । पछिल्लो समय संस्थामा चरम भ्रटाचार भएको भन्दै संस्थाको नविकरण रोकिएको थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी चुडामणी शर्माले सभासद् भएका समयको तलब सरकारलाई फिर्ता गरेमात्र नविकरण गर्ने शर्त राखेपछि पन्तले सो अवधिको तलब रकम फिर्ता गरेको बताए ।

२०५८ मा निलहिरा समाजको स्थापना गरिएको थियो । स्थापनाकालदेखिका सम्पूर्ण आर्थिक कारोबारलाई स्पष्ट रूपमा प्रस्तुत गर्दा पनि प्रमुख जिल्ला अधिकारीले नमानेपछि तलब फिर्ता गरिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>