थप समाचारशुक्रबार, फाल्गुण १८, २०६९
चितवनमा लाटोकोसेरो तथा हुचिल उत्सव
नेपालमा लाटोकोसेरोको संरक्षणमा काम गर्दै आएको ‘प्रकृतिका साथीहरु’ संस्थाले सेतीदेवी सामुदायिक वनको सहयोगमा चेतनामूलक उत्सव आयोजना गरेको हो । संसारमै लोपोन्मुख मानिएको लाटोकोसेरो र हुचिलको अवैध व्यापार बढदै गएकोले यो जातिका चराहरु संकटमा परेका छन् ।
मंगलपुरमा १८ फागुनदेखि शुरु उत्सव तीन दिनसम्म चल्नेछ । उत्सवको पहिलो दिन चरा अवलोकन तथा डण्डीवियो प्रतियोगिता आयोजना गरिएको छ ।
विश्वमै दुर्लभ लाटोकोसेरो तथा हुचिलको संरक्षणको सन्देश दिन आयोजना गरिएको उत्सवमा लाटोकोसेरो सम्बन्धी फोटो तथा वृत्तचित्र प्रदर्शनी गरिने प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए ।
उत्सवमा निबन्ध, कथा प्रतियोगिता तथा चित्रकला प्रर्दशनी र प्रकृति अवलोकनको कार्यक्रम समावेश गरिएका छन् । उत्सवको औपचारीक उद्घाटन १९ फागुनमा हुने निर्देशक आचार्यले जानकारी दिए ।
सविता श्रेष्ठ, चितवन
