समाचारशुक्रबार, फाल्गुण १८, २०६९

नागरिक अभियानले विरोध कार्यक्रम गर्ने

हिमालखबर

स्वतन्त्र न्यायालयप्रति नै गम्भिर अनास्था सृजना हुने गरी प्रधानन्याधीशलाई सरकारको नेतृत्व दिन लागेको भन्दै अभियानले १९ फागुन विहान ११ बजे काठमाडौं, रत्नपार्कमा विरोध कार्यक्रम आयोजना गरेको हो । अभियानका तर्फबाट १८ फागुनमा डा. केदार नरसिंह केसी, शम्भु थापा, मुमाराम खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “संविधान, लोकतन्त्र र राजनैतिक नैतिकता कै खिलाफमा हुनेगरी निर्वाचन गराउने नाममा नयाँ सरकार गठन गर्नका लागि थालिएको वर्तमान प्रक्रियाप्रति हाम्रो गम्भिर आपत्ति छ ।”

लोकतन्त्र, कानुनी राज्य, स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र समग्र संविधानवादलाई वेवास्ता गरेर निर्वाचन गरिए त्यसलाई आफूहरूले अस्विकार गर्ने अभियानको ठहर छ । विज्ञप्तिमा भनिएको छ, “निर्वाचनको नाममा गैर–संवैधानिक र नाजायज साधनको प्रयोग कुनै पनि हालतमा स्विकार्य हुन सक्तैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>