थप समाचारशनिबार, फाल्गुण १९, २०६९
पूर्व युवराज पारस होसमा आए
पारस शाहको होस खुलेको र उनका शरिरका सबै अंगहरुले काम गर्न थालेको उनको उपचार भइरहेको राजधानी बैंकस्थित समितिभेज सुकुम्भित अस्पतालले जनाएको छ । अस्पतालले १९ फागुनमा जारी गरेको विज्ञप्तिमा पारसले मान्छे चिन्न सकेको पनि उल्लेख छ ।
यसअघिका विज्ञप्तिहरुमा शाहको अवस्था गम्भीर र स्थिर रहेको उल्लेख गर्दै आएको अस्पतालले यसपटक भने त्यस्तो केही उल्लेख गरेको छैन । उनलाई अझै पनि भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ ।
दुई वर्षदेखि थाइल्याण्डमा बस्दै आएका पूर्व युवराज पारस शाहलाई ८ फागुनमा हृदयघात भएको थियो । त्यसबेलादेखि बेहोस पारस १२ दिनपछि मात्रै होसमा आएका हुन् ।
उनको उपचारमा बैंकका अन्य अस्पतालका बरिष्ठ चिकित्सकहरु समेत संलग्न थिए ।
