समाचारशनिबार, फाल्गुण १९, २०६९

तीन किशोरीलाई मोसो दलेर घुमाइयो

हिमालखबर

स्थानीयवासी गोपाल नेपालीका अनुसार मोसो दलेर गाउँ घुमाएको कुरा बताएमा ज्यान मार्ने धम्की दिएकाले घटना चार दिनपछि १९ फागुनमा मात्रै सार्वजनिक भएको हो । मोसो दल्नेहरु इलाम साक्फारा–२ का रमेश बोहोरा, अशोक साम्पाङ र टङ्क श्रेष्ठलाई प्रहरीचौकी मधुमल्लाले पक्राउ गरेको छ ।

चौकीका प्रहरी सहायन निरीक्षक ईश्वर कार्कीले दिएको जानकारीअनुसार मधुमल्ला–३ मोरङ र इलाम साक्फारा–२ मा सोही ठाउँ बस्ने १४ वर्षकी विश्वकर्मा, १६ वर्षकी श्रेष्ठ र १७ वर्षकी राई थरकी किशोरीलाई फागुन १५ गते गाउँमा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोप लगाउँदै मोसो दलेर गाउँ घुमाइएको थियो ।

गाउँमा राति घुम्न हिँडेर उनीहरुले समाजको थिती बिगारेका केही गाउँलेको आरोप छ । उनीहरुमाथि भएको ज्यादतीको घटना एक कान दुई कान मैदान भएपछि स्थानीय अधिकारकर्मीहरुको सहयोगमा प्रहरीमा उजुरी परेको थियो । स्थानीय अधिकारकर्मीहरुले घटनाप्रति कडा विरोध जनाउँदै संलग्नहरुलाई कडा कारबाहीको माग गरेका छन् ।

अपराध र उच्छृङ्खल कार्यमा संलग्न भए नजिकैको प्रहरीलाई खबर गर्नुपर्नेमा त्यसो नगरी कानून आफ्नो हातमा लिएर मानवअधिकारविपरीत कार्य गरेकाले घटनाका अगुवालाई कडा कारबाही हुनुपर्ने पीडितहरुको पनि माग छ ।

पक्राउ गरिएकाहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा पठाउने तयारी भइरहेको कार्कीले जानकारी गराए ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक ढुण्डी न्यौपानेले ढिलो गरी मोसो दलेको सूचना आएकाले तत्काल यथार्थ बुझ्न चौकीका इन्चार्जलाई निर्देशन दिइसकेको र उनीहरुलाई थानामा झिकाएर कानुनी कारबाही चलाउने बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>