समाचारशनिबार, फाल्गुण १९, २०६९
मैले अडान छोडेको छैनः नेता नेपाल
प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुख बनाउन नहुने बताउँदै आएका नेता नेपालले आफू पहिलाकै अडानमा रहेको १९ फागुनमा हिमालखबरसँगको कुराकानीमा बताएका छन् ।
उनले सञ्चार माध्यममा आएको ‘बाध्यताले प्रधानन्यायाधीशको नेतृत्व स्वीकारिएको’ भन्ने भनाई सही नभएको उल्लेख गरे । राजधानीबाट प्रकाशित एउटा दैनिकले मात्रै आफ्नो वास्तविक भनाई प्रकाशन गरेको नेता नेपालको भनाई थियो ।
