समाचारआइतबार, फाल्गुण २०, २०६९
नेविसंघको बन्दले धादिङमा तनाव
धादिङबेसी बजार बन्द गराउन हिंडेका नेविसंघका कार्यकर्ता र एमाले कार्यकर्ताबीच झडप हुँदा सदरमुकाम तनावग्रस्त बनेको छ ।
युवाहरु सडकमा उत्रिएर रोकिराखेका गाडीहरु समेत तोडफोड गरी बजारमा ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन वल प्रयोग गर्नु परेको र अश्रुग्याँस समेत प्रहार गरेको धादिङ प्रहरीले जनाएको छ ।
तीन दिनअघि धादिङबेसी बजारमा हतियारधारी समूहले नेविसंघका कार्यकर्ता श्रीकृष्ण भण्डारी र न्युटन श्रेष्ठलाई हतियार प्रहार गरी घाइते बनाएको थियो । उनीहरु दुबैजनाको काठमाडौंमा उपचार भइरहेको छ ।
आक्रमणकारीहरुलाई तुरुन्तै नियन्त्रणमा लिई कारवाही गर्न स्थानीय प्रहरी र प्रशासनसँग नेविसंघले माग गर्दै आएको छ ।
