समाचारआइतबार, फाल्गुण २०, २०६९
राष्ट्रपति र दाहालबीच भेटवार्ता
२० फागुन बिहान राष्ट्रपति भवन शीतलनिवासमा पुगेका दाहालले २४ फागुन अगावै प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनका लागि संविधानको बाधा अडकाउ फुकाउन आग्रह गरे पनि राष्ट्रपति रामवरण यादवले भने प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनसम्बन्धी सर्वोच्चको अदालतको निर्णय पर्खनु पर्ने बताएको शीतलनिवास निकट स्रोतले जनाएको छ ।
राष्ट्रपति यादवले दलहरुबीच प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने विषयमा सहमति जुटे पनि सरकार गठनका थप विषयमा सहमति हुन नसकेको भन्दै चिन्ता पनि व्यक्त गरेको स्रोतको भनाई छ ।
दलहरुबीच पछिल्लो समयमा मिल्न नसकेका नागरिकतालगायतको विषयमा कसरी सहमतिको प्रयास गर्ने भन्ने विषयमा पनि राष्ट्रपतिसँग परामर्श गरेका थिए ।
यादवले जतिसक्दो छिटो सहमति गरेर देशलाई निकास दिन आग्रह गरेको दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
