समाचारआइतबार, फाल्गुण २०, २०६९

अस्पतालका कर्मचारी हतियारसहित पक्राउ

हिमालखबर

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल नजिकै १९ फागुन राति प्रहरीले चेकजाँचका क्रममा गौर अस्पतालका खरदार रामरमन सहनीलाइ हतियार सहित पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट पाँच राउण्ड गोली समेत बरामद गरेको छ ।

वीरगन्जबाट रौतहट फर्किने क्रममा सहनीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । सहनीसँग हतियार फेला परेपछि प्रहरीले उनको गौर नगरपालिका–७ टिकुलीयास्थित सहनीको घरमा खानतलाशी गर्दा एक थान नलकटुवा पेस्तोल पनि बरामद भएको पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।

सहनीलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए । प्रहरीका अनुसार तीन वर्षअघि अस्पतला विकास समितीका तत्कालिन कार्यालय प्रमुखको घरमा भएको बम विष्फोटको घटनामा समेत सहनीको संलग्नता थियो ।

अली असगर, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>