थप समाचारआइतबार, फाल्गुण २०, २०६९
स्थानीय विकास अधिकारीमाथि हातपात
२० फागुन दिउँसो गृहमन्त्री विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका नेता–कार्यकर्ताहरुले अधिकारीकै कार्यकक्षमा गालीगलौज गर्दै हातपात गरेका हुन् । त्यसक्रममा कार्यकक्षमा रहेको कुर्सी तोडफोड समेत गरेको जिल्ल विकास समितिका एक कर्मचारीले बताए ।
घटना भए लगत्तै जिविस धनुषामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका जवानले एकदर्जनको संख्यामा रहेका कार्यकर्ताहरुको भिडलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी पुगेर फोरम लोकतान्त्रिक धनुषाका राम बिनोद यादवसहितकालाई नियन्त्रणमा लिएको छ ।
“आक्रमणको प्रयास भएको थियो तर, सुरक्षाकर्मीले छेकेपछि अप्रिय घटना हुन पाएन,” घटनापछि स्थानीय बिकास अधिकारीलाई भेट्न पुगेका सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सुवर्ण थापा मगरले भने ।
२० फागुन अपरान्ह जिबिस धनुषा पुगेका फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताहरुले निलम्बनमा परेका कर्मचारीहरुलाई तलब खुवाएको विषयमा स्थानीय बिकास अधिकारी र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच विवाद भएपछि कार्यकर्ताहरु गालीगलौज गर्दै स्थानीय विकास अधिकारीमाथि जाईलागेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जिबिस कर्मचारी संघका अध्यक्ष विजय कुमार यादवले बताए ।
यादवले शान्तिपूर्ण रुपमा प्राप्त गर्न सकिने सूचनाका लागि गालीगलौज, दुब्र्यवहार र हातपात सम्म गरिनु निन्दनीय भएको कर्मचारीहरुले बताएका छन् ।
इश्वरचन्द्र झा, जनकपुर
