समाचारआइतबार, फाल्गुण २०, २०६९

अघि बढ्न अप्ठ्यारो भयो: भगवान कोइराला

हिमालखबर

चार महिनाअघि शिक्षण अस्पताल महाराजगञ्जमा निर्देशक नियुक्त भएका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले दुई दिनअघि नै राजीनामा गरेको बताए पनि राजीनामाको कारण भने प्रस्ट खुलाएनन्  ।

“केही पर्सनल, केही इन्स्टिच्यूसनल र अन्य धेरै कारणहरुले राजीनामा दिएको हो,” डा. कोइरालाले हिमालखबरलाई भने, “यि सबै कारणहरुका बारे मैले एकमुष्ठ पब्लिकलाई भन्छु, शायद भोलीसम्म ।”

उनले अस्पतालमा एक हदसम्मको सुधार ल्याएको र यसअघि बढ्न आफूलाई विभिन्न कारणले अप्ठ्यारो परेको बताए । उनले थपे, “मैले शुक्रबार राजीनामा दिएको हुँ र छिटै स्वीकृत गर पनि भनेको छु,”

शहीद गंगालाल हृदयकेन्द्रमा करिब ८ वर्ष निर्देशकको जिम्मेवारी सम्हालिसकेका डा. कोइराला शिक्षण अस्पताल अन्तर्गतकै  मनमोहन कार्डियोथोरासिक सेन्टरका निमित्त निर्देशकसमेत रहिसकेका छन् ।

त्रिवि शिक्षण अस्पतालको निर्देशक भएको छोटो अवधिमै अस्पतालमा व्यापक सुधार ल्याइसकेका डा. कोइरालालाई स्वतन्त्रतापूर्वक काम गर्न नदिइएको र अस्पतालभित्र कै केही समूह र अन्य क्षेत्रबाट समेत असहयोग भएको उनी निकटहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>