थप समाचारमंगलबार, फाल्गुण २२, २०६९
मालदिभ्सका पूर्व राष्ट्रपति नाशीद गिरफ्तार
मालदिभ्सको तल्लो अदालतले पूर्व राष्ट्रपति नाशीदविरुद्ध तेस्रो पटक वारेन्ट जारी भएपछि उनी गिरफ्तार भएका हुन् ।
वर्तमान सरकारका प्रवक्ता शाहुना अमीनाथले समाचार एजेन्सी एएफपीलाई प्रहरीले २२ फागुनमा राजधानी मालेबाट मोहम्मद नाशीदलाई गिरफ्तार गरेको पुष्टि गरेका छन् ।
मोहम्मद नाशीदमाथि उनले सेनाको अनुचित प्रयोग गरी अपराधसम्बन्धी अदालतका मुख्य न्यायाधीश अब्दुल्ला मोहम्मदलाई असंवैधानीक तवरले नजरबन्दमा राखेको आरोप लागेको छ ।
राजनीतिक षडयन्त्र
मोहम्मद नाशीदले भने आफूलाई सेप्टेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदार हुन नदिन षडयन्त्र गरिएको आरोप लगाएका छन् ।
यसअघि जारी भएका दुईवटा वारेन्टबाट बच्न नाशीदले मालेस्थित भारतीय दूतावासमा शरण लिएका थिए ।
१३ फेब्रुअरीमा भारतीय दूतावासमा शरण लिएका नाशीद ११ दिनपछि आफ्नो घर फर्किएका थिए । जहाँबाट उनलाई गिरफ्तार गरियो ।
एजेन्सी

