थप समाचारशुक्रबार, फाल्गुण २५, २०६९

‘प्रन्यालाई प्रधानमन्त्री बनाए लोकतन्त्र समाप्त हुने’

हिमालखबर

नेपाली कांग्रेस लमजुङ गौडाले २५ फागुनमा आयोजना गरेको गाउँ जागरण कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गुरुङले नेकपा माओवादीले सत्ता लम्ब्याउन प्रधानन्यायधिशलाई प्रधानमनत्री बनाउन खोजेको भन्दै प्रधानन्यायाधीश प्रधानमन्त्री भएमा मुलुक निरंकुशतामा जाने बताए ।

एमाओवादीप्रति निकै आक्रोशित देखिएका गुरुङले प्रधानमन्त्री वावुराम भटराईको समयमा मुलुकमा नागरिक हक, प्रेस स्वतन्त्रताको व्यापक हनन भएको र भ्रष्टाचार इतिहासमै सबैभन्दा बढी भएको आरोप लगाए ।

उनले माओवादीले सशस्त्र हिंसाका बेला गरीब, किसान, मजदुरहरुलाई देखएको सपना पूरा नगरी नेताहरु भोगविलासमा रमाएको भन्दै अहिले माओवादी कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरिरहेको दाबी गरे ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>