थप समाचारशनिबार, फाल्गुण २६, २०६९
नेपाली महिला पाँच घन्टापछि मुक्त
घाँस दाउरा ल्याउनका लागि निकटवर्ती दुधुवा नेसनल पार्कभित्र पसेका परासन–३ का मनोदरी रावल, सेतु विक, मीना अधिकारी र निर्मला दाहाललाई भारतीय दुधुवा नेसनल पार्कका वनरक्षकहरूले निषेधित क्षेत्रमा प्रवेश गरेको आरोपमा नियन्त्रणमा लिएका थिए ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नृप शाहको नेतृत्वमा गएको प्रहरीको टोलीले आवश्यक जरिवाना तिराएर ती महिलालाई मुक्त गराएको हो ।
बिहान ७ बजे वनरक्षकहरूले महिलालाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिइएको पाँच घन्टापछि प्रहरीको मध्यस्थतामा उनीहरू मुक्त भएका हुन् ।
दुधुवा नेसलनपार्कमा घाँस दाउरा सङ्कलन गर्न निषेध गरिएकाले नेपाली महिलाहरूलाई नियन्त्रणमा लिइएको भारतीय वनरक्षकहरूको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक शाहले बताए ।
