थप समाचारआइतबार, फाल्गुण २७, २०६९
अपहरित एक्काईस शान्ति सेना मुक्त
असादको शासनबाट स्वतन्त्रता प्राप्तीका लागि सङ्र्षरत विद्रोही सेनाहरूको मनोबल गिराउने र उनीहरूको छबीमा नकारात्मक असर पार्ने खालको गतिविधि सञ्चालन गरेको आरोपमा ती २१ जना राष्ट्र सङ्घीय शान्ति सेनालाई कब्जामा लिइएको समाचारमा उल्लेख छ ।
गत बुधबारदेखि चार दिनसम्म उनीहरूलाई थुनामा लिई शनिबार जोर्डनको सीमा क्षेत्रमा पु¥याई छाडिएको समाचारमा जनाइएको छ ।
पश्चिमी युरोपका अधिकारीहरूले ती शान्ति सेनाका गतिविधि नियाली रहेका थिए । छाडिएका ती २१ शान्ति सेनाहरू सबै फिलिपिनी रहेका यसअघि नै पुष्टी भइसकेको छ ।
राष्ट्र सङ्घीय शान्ति सेना पक्राउ परी सोधपुछपछि छाडिएको यस घटनाले राष्ट्रसङ्घले सिरियामाथि चलाउँदै आएको शान्ति योजनामाथि एक सानो प्रश्न चिन्ह खडा गरेको छ ।
यता ती विद्रोहीको भनाईमा ती २१ जना शान्तिस्थापना गर्ने गतिविधि भन्दा सिरियाली सैनिकको सहायताको लागि हातहतियारसहित उपस्थित भएको भन्ने आरोप लगाएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले उक्त रिहाइको स्वागत गर्दै सबै सिरियाली विपक्षीसँगै राष्ट्र सङ्घीय शान्तिसेनासँग नरम व्यवहार गर्न आग्रह गरेका छन् ।
हाल फिलिपिन्सका करिब तीन सयजना शान्ति सैनिक सिरियामा रहेका छन् । सिरियामा सन् २०११ को मार्च महिनाबाट शुरु भएको जनआन्दोलनको क्रममा ७० हजार भन्दा बढीको मृत्यु भइसकेको जनाइएको छ ।
यसैगरी सिरियाबाट विस्थापित भएका शरणार्थीको सङ्ख्या दश लाख पुगेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायले जनाएअनुसार सिरियाली नागरिक आफ्नो देशमा जारी हिंसात्मक आन्दोलनबाट विस्थापित बन्न पुगेका र दुई वर्षको अवधिमा जारी रहेको सो आन्दोलनका क्रममा दशलाख नागरिक विदेशमा विस्थापित बनेका छन् ।
एपी

