समाचारसोमबार, फाल्गुण २८, २०६९
भाडाबृद्धिको विरोधमा चक्का जाम
विपक्षी दलका ११ विद्यार्थी संगठनले देशभरका सरकारी क्याम्पस अगाडि बिहान एक घण्टा चक्काजाम गरेका छन् ।
विहान ९ बजेदेखि १० बजेसम्म गरेको चक्काजामका कारण एकघण्टा यातायात सेवा प्रभावित बनेको थियो । भाडावृद्धि फिर्ताको माग गर्दै आज नै यातायात मन्त्री हृदयश त्रिपाठीलाई ज्ञापनपत्र बुझाउने तयारी भएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
भाडावृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थी संगठनले बताएका छन् । विद्यार्थी संगठनले छिटो स्ववियु निर्वाचन गर्न पनि माग गरेका छन् ।
