समाचारसोमबार, फाल्गुण २८, २०६९
सहमतिका लागि प्रयास भइरहेको छः खनाल
प्रेस चौतारी नेपालको नयाँ कार्यसमितिको स्वागतमा २८ फागुनमा पार्टी कार्यालय बल्खुमा गरिएको कार्यक्रममा एमाले अध्यक्ष खनालले सकेसम्म आजै सहमति हुने बताएका छन् ।
उनले प्रधानन्यायाधीशको नेतृत्वमा सहमतिको सरकार बनाउने विषयमा दलहरु अन्तिम चरणमा पुगेको तर, केही प्राविधिक विषयमा पनि आजै सहमति खोजिने बताए ।
पत्रकारहरुलाई नयाँ हुने संविधानसभाको चुनाव सफल बनाउन र निकासका लागि जिम्मेवार बन्न खनालले आग्रह गरे ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले दलहरुबीच हुन लागेको सहमतिमा अझै पनि गम्भीर भएर सोच्नुपर्ने बताए ।
प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष राजेन्द्र अर्यालले प्रेस स्वतन्त्रता र व्यवसायीकताका लागि सबैलाई समेटेर अघि बढ्ने बताएका थिए ।
