थप समाचारसोमबार, फाल्गुण २८, २०६९

सबैभन्दा ठूलो समस्या महंगीः हिमाल जनमत सर्वेक्षण

हिमालखबर

मुलुकभरका नगरपालिका र गाविसहरुमा गरिएको सर्वेक्षणमा अधिकांश जनता (६२%)ले अहिलेको मुख्य समस्या महंगी भएको बताएका छन् । राजनीतिक खिचातानीमै व्यस्त राजनीतिक दल र राज्य स्वयम्ले जनताका समस्याहरुको समाधान गर्न कुनै पहल नगरेको सर्वेक्षणले देखाएको छ ।

त्यसैगरी जनताले भोगेको/देखेको मुलुकको दोस्रो मुख्य समस्या हो– बेरोजगारी । कुल उत्तरदाताहरुमध्ये ४४.८% का लागि बेरोजगारी मुख्य समस्या भएको छ भने त्यसपछिको समस्या हो भ्रष्टाचार । भ्रष्टचार मुख्य समस्या ठान्नेहरु ३७.२ प्रतिशत छन् ।

राजनीतिक बृत्तमा मुख्य समस्या भनेर चर्चा हुने गरेको संविधान नबन्नुलाई चाहीं जनताले चौथो समस्याका रुपमा राखेका छन् । ३६.७ % ले संविधान नबन्नुलाई मुलुकको समस्या भनेका छन् ।

२६ माघदेखि ५ फागुनबीचमा गरिएको सर्वेक्षणमा ३०.५ % जनताले सडक, पानी, टेलिफोन, विजुलीको दुरावस्थालाई मुलुकको समस्या भनेका छन् । त्यसैगरी अस्थिर राजनीतिलाई समस्या ठान्नेहरु २३.९% छन् । कमजोर शासन प्रशासनलाई समस्या ठान्नेहरु १०.३ % रहेको सर्वेक्षणले देखाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>