समाचारसोमबार, फाल्गुण २८, २०६९
‘प्रधानन्यायाधीशको नेतृत्व देशको हितमा हुँदैन’
२८ फागुनमा पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी सचिव देव गुरुङले व्यवस्थापिका समाप्त पारेर अन्तरिम संविधानमा हस्तक्षेप गरेको एमाओवादीले प्रधानन्यायधीशलाइ अगाडि सारेर न्यायपालिकालाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् ।
संविधान भन्दा बाहिरबाट रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव विदेशीको भएकोले नेतृत्व दिंदा देशको हितमा नहुने गुरुङको भनाई छ ।
एमाओवादी निर्वाचनमा जान नचाहेको दाबी गर्दै उनले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव सत्ता लम्बाउने चालवाजी मात्र भएको बताएका थिए ।
माधव बराल, पोखरा
