थप समाचारसोमबार, फाल्गुण २८, २०६९
मिनीबस दुर्घटना हुँदा २१ जना घाईते
डण्डाबाट नारायणगढ जादै गरेको ना २ ख ७९६३ नम्बरको मिनीबस तीब्रगतिका कारण अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका २१ मध्ये ११ यात्रुको अवस्था गम्भीर छ ।
ईलाका प्रहरी कार्यालय कावासोतीका अनुसार घाईतेमध्ये गम्भीर चोट लागेका अग्र्यौली १ की ६० बर्षीया जीवनकुमारी महतो, बर्ष २६ की मुना विक, दिब्यपुरी १ की ४२ बर्षीया शान्ता सापकोटा, प्रगतिनगर ३ का ३० बर्षीय राजकुमार श्रेष्ठ, गैंडाकोट १ का २२ बर्षीय निलबहादुर थापा, रजहर १ का ५६ बर्षीय बलराम काफ्ले, कुमारवर्ती ७ का २६ बर्षीय बलबहादुर कुमाल र २५ बर्षीय शर्मिला कुमाल गम्भीर घाईते भएका छन् । घाईतेहरुको टाउको र छातीमा चोट लागेको छ ।
घाईतेहरुको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ भने सामान्य चोट लागेका ११ जनाको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी

