समाचारमंगलबार, फाल्गुण २९, २०६९
दोस्रो थारु आन्दोलन थाल्ने चेतावनी
विराटनगरमा २९ फागुनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लेखीले शीर्ष दलका नेताहरूले आदिवासी जनजातिको पहिचान मासेर जर्वजस्ती मधेशी बनाउने षडयन्त्र गरेकोले अब अर्को थारु आन्दोलन चर्काउनुको विकल्प नभएको बताएका छन् ।
उनले अर्को थारु आन्दोलनका लागि आफूहरूले योजना बनाउन थालिसकेको र चाँडै सशक्त आन्दोलन थालिने बताए ।
अध्यक्ष लेखीले एमाओवादी, काँग्रेस, एमाले र मधेशी मोर्चाले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर आदिवासी जनजातिहरू माथि कुठाराघात गर्न लागेको आरोप समेत लगाए ।
उनले गैरराजनीतिक व्यक्ति प्रधानमन्त्री बने शीर्ष दलका नेता सबै असफल हुने ठोकुवा गरे । लेखीले शिर्ष नेताहरू गैरराजनीतिक व्यक्तिलाई सत्ता सुम्पेर आफूहरू राजनीतिक संयन्त्रको नाममा राष्ट्रपति भन्दा माथि जान खोजिरहको आरोप लगाउँदै देशलाई पञ्चायतकाल तर्फ फर्काउन नेताहरु उद्दत रहेको बताएका थिए ।
