समाचारमंगलबार, फाल्गुण २९, २०६९

आयोग र लडाकुको दर्जामा कुरा मिलेन

हिमालखबर

फाइल तस्बीर

२९ फागुनमा बसेको चार राजनीतिक दलहरुको बैठकमा २८ फागुनमै मिलिसकेको दाबी गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विवाद फेरि बल्झिएको हो । त्यसैगरी सेनामा समायोजन रोजेका लडाकुहरुको दर्जा निर्धारणसम्बन्धमा सहमति नभएको बैठकमा सहभागी एक नेताले हिमालखबरलाई बताए ।

दलहरुबीच नागिरकता सम्बन्धी विवादमा भने सहमित भएको बताइएको छ । जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने सहमति भएको ती नेताले बताएका छन् ।

प्रमुख चार राजनीतिक शक्तिहरुबीच आजै सहमति गरेर त्यससम्बन्धमा सर्वदलीय बैठक गरी जानकारी गराउने दाबी गरेका नेताहरुले सहमति नभए पनि सर्वदलीय बैठक भने शुरु गरेका छन् ।

अहिले नयाँबानेश्वरमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका अधिकांश दलहरुबीच बैठक चलिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>