थप समाचारमंगलबार, फाल्गुण २९, २०६९

फेरी पनि सु ची पार्टी प्रमुख

हिमालखबर

सन् १९९० मा भएको आम निर्वाचनमा एनएलडीले भारी बहुमतले विजय प्राप्त गरे पनि त्यहाँको सैनिक शासनले एनएलडीका गतिविधिहरुमा प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि बर्माका सैनिक सरकारले गरेका केही सुधार पश्चात् एनएलडीले गत वर्ष भएको संसदीय निर्वाचनमा अत्यधिक बहुमत ल्याएको थियो । सु चीको ध्यान अब सन् २०१५ मा हुने राष्ट्रपतयि निर्बाचनमा केन्द्रीत छ ।

सु ची एनएलडीको पन्ध्र सदस्यीय कार्यकारी समितिका चार महिला सदस्य मध्येकी एक हुन् ।

६७ वर्षीय सु चीले केही दिन अघि रंगुनमा आयोजित कार्यकर्ता भेलामा एकताका लागि अपील गरेकी थिइन् । उनले पार्टीभित्रको गुटबन्दी र मतभेदका कुरालाई स्वीकार्दै युवाहरुलाई देशको विकासमा योगदान दिनका लागि एक भएर अघि बढ्न आह्वान गरिन् ।

अधिवेशनमा भाग लिइरहेका नौ सय प्रतिनिधिहरुलाई सम्बोधन गर्दै नोबेल पुरस्कार विजेता सु चीले भनिन्, “हामी देशको हितका लागि एकजुट भएर लाग्नु पर्छ ।”

बर्मामा एनएलडीका करिब १२ लाख कार्यकर्ता छन् । पार्टीले गएको सन् १९९० को आम निर्वाचनमा बहुमतले जित हासिल गरेको थियो । तर सेनाले उसलाई सत्ता सम्हाल्न दिएन ।
त्यस लगत्तै सेनाले सु चीलाई उनकै घरमा नजरबन्दमा राखेको थियो । एनएलडीले सन् २०१० मा भएको संसदीय चुनावमा भेदभाव भएको भन्दै त्यसको विरोध गरेको थियो ।

तर २०१२ मा राष्ट्रपति थीन सीनको नागरिक सरकारका तर्फबाट शुरु गरिएको सुधार अन्तरगत भएको चुनावमा पार्टीले ४३ सिटमाथि जित हासिल गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>