समाचारबुधबार, फाल्गुण ३०, २०६९

नेपाल भारत गृहसचिवस्तरीय वार्ता काठमाडौमा

हिमालखबर

दुई दिनसम्म चल्ने नेपाल-भारत सचिवस्तरिय वार्तामा नेपाल भारतबीचको सुरक्षा सरोकार, सीमा सुरक्षा, अपराध नियन्त्रणका विषयमा छलफल हुनेछ । नेपालका तर्फबाट गृहसचिव नविन घिमिरे र भारतका तर्फबाट गृहसचिव आरके सिंहले वार्ता टोलीको नेतृत्व गरेका छन् ।

वार्तामा भारतका तर्फबाट दुईपक्षिय सुपुर्दगी सन्धिका विषयमा एजेण्डा उठाउने तयारी छ । विगतका बैठकमा भएका सहमतिको समीक्षा प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण, गृह मन्त्रालय र मातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा पनि छलफल हुनेछ ।

आपसी हित र चासोका विषयमा पनि बैठकमा छलफल हुने सचिव घिमिरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>