थप समाचारबुधबार, फाल्गुण ३०, २०६९

तातोपानी नाकामा तिब्बतीमाथि थप कडाइ

हिमालखबर

ल्हासा विद्रोह दिवस मार्च १४ र नयाँ चिनियाँ राष्ट्रपतिले कार्यभार सम्हाल्न शुरु गर्ने दिन मार्च १८ मा स्वतन्त्र तिब्बतको नाममा गतिविधि हुन सक्ने भन्दै तिब्बतीहरुलाई नेपाल प्रवेशमा विशेष कडाइ गरिएको तातोपानीस्थित नेपाली अधिकारीहरुले बताएका छन् ।

नाकामा नेपाली र चिनियाँ सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको छ । नाकाको कडाइसँगै सन् २०११ को डिसेम्बर र सन् २०१२ को जनवरी महिनामा झण्डै ८ हजार तिब्वतीहरु नेपाल भित्रिए पनि त्यस यता नेपाल आउने तिब्बतीको संख्या शून्य रहेको कोदारी अध्यागमन कार्यालयका प्रमूख जगनाथ शर्माले जानकारी दिए ।

चिनियाँ पक्षले नेपाल प्रवेश गर्ने चिनियाँ नागरिकहरुलाई उच्च निगरानीमा राख्न थालेको छ । धार्मिक भ्रमणका लागि नेपाल हुँदै तिब्बतीहरु भारत जाने क्रम बढेपछि तेस्रो देशका नागरिकहरुलाई समेत सीमाबाट आवातजावातमा थप कडाइ गरिएको छ ।

दुई साताअघि चिनियाँ पक्षले सिन्धुपाल्चोक र दोलखा जिल्लाका सुरक्षा प्रमूखहरुको बैठक बोलाएर नाकाको सुरक्षा प्रति ध्यानाकर्षण गराएको अध्यागमन प्रमूख शर्माले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>