समाचारबुधबार, फाल्गुण ३०, २०६९
जेठमा चुनाव हुने सम्भावना छैन: नेता नेपाल
प्रेस चौतारी नेपाल पर्साले ३० फागुनमा बीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाओवादीको नियत नै निर्वाचन गराउने नभएकाले जेठमा चुनाब हुने सम्भावना नरहेको बताएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले आफनो पार्टी चुनावको पक्षमा रहे पनि एमाओवादी सत्ताकब्जा गर्ने रणनितिमा रहेको उल्लेख गरे । उनले एमाओवादीको स्वार्थका कारण देश र लोकतन्त्र सुरक्षित समेत नरहेको प्रष्टयाए ।
प्रधानन्यायाधीश खिलराज रेग्मीले सरकारको नेतृत्व लिएपछि प्रधानन्यायाधीशबाट राजीनामा गर्नु जरुरी रहेको बताएका नेपालले एमाओवादीको विश्वासमा परेर अहिल्यै चाहिं राजीनामा गर्न नहुने बताए । रेग्मीलाई लक्ष्यित गर्दै उनले भने, “तपाईलाई प्रधानमन्त्री बनाउँछौं भनेर अहिल्यै राजीनामा गर्न लगाउने र पछि पार्टीभित्र कुरा मिलेन भन्न एमाओवादीले बेर लगाउँदैन, एमाओवादीको कुनै भरोसा छैन ।”
अली असगर, वीरगञ्ज
