समाचारबुधबार, फाल्गुण ३०, २०६९

नेपाल-भारत गृहसचिवस्तरीय बैठक सर्‍यो

हिमालखबर

३० फागुनदेखि काठमाडौंमा शुरु हुने भनिएको बैठकमा भारतीय पक्षले आन्तरिक कारण देखाउँदै बैठकमा भाग लिन असमर्थ भएको जानकारी दिएपछि बैठक अनिश्चित भएको गृह मन्त्रालयका प्रवक्ता शङ्कर कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको थियो ।

बैठकमा नेपाल भारतबीचको सुरक्षा सरोकार, सीमा सुरक्षा, अपराध नियन्त्रणका विषयमा छलफल हुने बताइएको थियो ।

त्यस्तै बैठकमा भारतका तर्फबाट दुईपक्षीय सुपुर्दगी सन्धिका विषयमा एजेण्डा उठाउने तयारी थियो भने विगतका बैठकमा भएका सहमतिको समीक्षा प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण, गृह मन्त्रालय र मातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा पनि छलफल हुने भनिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>