थप समाचारशुक्रबार, चैत्र २, २०६९
नेता बास्तोलाको स्वास्थ्यमा सुधार आएन
गत १६ पुस देखि भारतको दिल्ली नजिक मेदान्त अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता चक्रप्रसाद बास्तोला अहिलेसम्म बेलाबेलामा आँखा खोल्ने र खुट्टा तन्काउने गरेको बाहेक स्वास्थ्यमा खासै सुधार नआएको उनका भतिज तारा बास्तोलाले जानकारी दिएका छन् ।
स्वास्थ्यमा सामान्य सुधार भएपछि सघन उपचारकक्षबाट निकालेर उनलाई केविनमा राखिएको छ । अचेत अवस्थामा रहेका वास्तोलाई झोल पदार्थ सिरिन्जको माध्यमले खुवाउने गरिएको पनि तारा वास्तोलाले बताए ।
१४ पुसमा मोरङको विराट चोकमा आयोजित एक कार्यक्रममा अचेत भएपछि उनको सिलगुडीस्थित न्यूरो अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो । त्यसलगत्तै उनलाई दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।
रासस
