थप समाचारसोमबार, चैत्र ५, २०६९

बन्द गराउने ४६ जना पक्राउ

हिमालखबर

प्रहरीले ५ चैतमा वीरगन्जको घण्टाघर, माइस्थान र आदर्शनगरस्थित स्वीमीङ पुल परिसरबाट ४६ जना बन्दकर्ताहरुलाइ नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।

“पार्टीको नाममा जनता लाई दुख दिने तथा बजारमा आफनो ग्याङ्ग बलियो देखाउने नियतले बन्द गराउँदै हिंडेकाहरुलाई नियन्त्रणमा लिईएको हो,” उनले भने ।

३ चैतमा घण्टाघर चोकमा दुई समूहबीच भएको झडपमा संलग्न रहेको आरोपमा प्रहरीले शरत् सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीका कार्यकर्ताहरु पप्पु सिंह र पवन गुप्तालाइ नियन्त्रणमा लिएको थियो । सिंह र गुप्ता लगायत ६ जना बिरुद्ध सार्वजनीक अपराध ऐन अन्र्तगत मुद्दा चलाएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

वीरगन्ज-३ छपकैयाका गोपाल प्रसाद यादव र उनका भिनाजु जित बहादुर यादवबीच जग्गाको स्वामित्वको विषयलाई लिएर उत्पन्न विवादमा ३ चैतमा दुई समूहबीच झडप भएको थियो ।

प्रहरीले बन्द गराउदै हिडेका प्रदर्शनकारीहरुलाइ व्यापक रुपमा धरपकड गर्न थालेपछि मध्यान्ह देखि वीरगन्ज बजार खुलेको छ ।

अली असगर, वीरगन्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>