समाचारबुधबार, चैत्र ७, २०६९
कोइराला र भारतीय राजदूतबीच भेटवार्ता
७ चैत बिहान कोइराला निवास महाराजगञ्जमा कांग्रेस सभापति कोइराला र भारतीय राजदूत जयन्त प्रसादबीच भएको भेटवार्तामा पछिल्लो राजनीतिक सहमति र चुनावका विषयमा छलफल भएको छ ।
नेपालको राजनीतिक प्रक्रिया बारे जानकारी गराउन राजदूत प्रसाद दिल्ली जानुअघि भएको सो भेटमा प्रसादले असारमा हुने संविधानसभाको चुनाव सफल पार्न भारत सहयोग गर्न तयार रहेको बताएको र कोइरालाले चुनावमा भारतको सकारात्मक सहयोगको अपेक्षा रहेको बताएका थिए ।
जयन्त प्रसाद नेपालको राजनीतिक प्रक्रिया बारे जानकारी गराउन आजै दिल्ली जाँदै छन् ।
