थप समाचारबुधबार, चैत्र ७, २०६९

राष्ट्रिय औद्योगिक प्रदर्शनी काठमाडौंमा शुरु

हिमालखबर

फाइल तस्बीर

घरेलु तथा साना उद्योगका उत्पादनहरुको बजार विस्तार गर्ने उद्देश्यले ७ चैत देखि २४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।

‘नेपाली कला, सीप र स्वाभिमान, रोजगारी र संबृद्धि हाम्रो अभियान’ भन्ने नाराका साथ शुरु भएको प्रदर्शनी ११ चैतसम्म सञ्चालन हुनेछ । घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा हुन लागेको प्रदर्शनीमा ७५ वटै जिल्लाका उद्यमीहरूको सहभागिता रहेको समितिका कार्यकारी निर्देशक नविककुमार झाले बताए ।

प्रदर्शनीमा ढाका कपडा, बाँसजन्य उत्पादन, अल्लो एवम् अन्य प्राकृतिक रेशाबाट बनेका समाग्रीहरू, छाला जुत्ता, खाद्यवस्तु एवम् प्राङ्गारिक चिया र कफी, दूधबाट निर्मित वस्तुहरूलगायत विविध १३ समूहका वस्तुहरू राखिएको छ ।
प्रदर्शनीमा ७५ जिल्लाबाट दुई वटाका दरले १५० र काठमाडौं उपत्यकाबाट १५० गरी कुल ३०० वटा बिक्री कक्ष (स्टल) राखिएको निर्देशक झाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>