समाचारबुधबार, चैत्र ७, २०६९

बंगलादेशका राष्ट्रपतिको निधन

हिमालखबर

बंगलादेशका राष्ट्रपति जिल्लुर रहमानको उपचारका क्रममा ६ चैत साँझ सिंगापुरमा निधन भएको बग्लादेश सरकारका प्रवक्ताले जनाएका छन् ।

८५ वर्षीय रहमान फेब्रुअरी २००९ मा बंगलादेशको राष्ट्रपति निर्वाचित भएका थिए । उनी अहिले सत्तामा रहेको दल अवामी लिगका नेता र बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिब उर रहमानका मित्र थिए । शेख मुजिब वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता हुन् ।

पाकिस्तानबाट बंगलादेशलाई स्वतन्त्र गराउन भएको आन्दोलनका बेला सन् १९७१ मा उनलाई २० वर्ष जेल सजाए सुनाइएको थियो । सन् १९७५ मा शेख मुजिबको हत्यापछि पनि उनी ४ वर्ष जेल परेका थिए ।

मृगौला र दमका बिरामी रहमानको सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा उपचार भइरहेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>