समाचारबुधबार, चैत्र ७, २०६९
एमाओवादीद्वारा उम्मेदार छनौट समिति गठन
सातौं महाधिवेशनपछि पहिलोपटक ७ चैतमा बसेको केन्द्रीय समिति बैठकले संविधानसभा चुनाव तयारीका लागि दुई वटा समिति गठन गरेको हो । घोषणापत्र मस्यौदा समितिको सदस्यमा कृष्णबहादुर महरा, गोपाल किराँती, विश्वभक्त दुलाल, विश्वनाथ साह, शशी श्रेष्ठ, लेखराज भट्ट, डिल्लीराज खनाल र धर्मभक्त देवकोटा रहेका छन् ।
यस्तै महासचिव बोगटीको नेतृत्वमा उम्मेद्वार सिफारिश समिति गठन गरिएको एमाओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ९ सदस्यीय समितिको सदस्यहरूमा वर्षमान पुन, देवेन्द्र पौडेल, हिसिला यमी, गिरीराजमणी पोखरेल, लीलामणी पोखरेल, प्रभु साह, हरिबोल गजुरेल र शक्तिबहादुर बस्नेत छन् ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले खिलराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार गठन गरेर नागरिक र मुलुककै जित भएको र मुलुक चक्रब्यूहबाट निस्केको बताएका थिए ।
