समाचारबिहीबार, चैत्र ८, २०६९
चुनावमा जान नेकपा–माओवादीका चार शर्त
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले निर्वाचनमा जानका लागि ३० फागुनमा भएको चार पक्षको सहमतिको खारेजी, रेग्मी नेतृत्वको सरकार हट्नु पर्ने, सर्वपक्षीय गोलमेच सम्मेलन र राष्ट्रिय सहमतिका आधारमा दलहरुकै नेतृत्वमा सरकार गठन भएमा मात्र निर्वाचनमा जान सकिने बताएको छ ।
पार्टी पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा नेकपा माओवादीका महसचिव रामबहादुर थापाले शर्त पूरा नभए निर्वाचन बहिस्कार गर्ने र त्यसपछि उत्पन्न परिस्थितिको जिम्मेवारी तीन दल, मधेशी मोर्चा, सरकार र राष्ट्रपतिले लिनुपर्ने दाबी गरे ।
अध्यक्ष मोहन बैद्यले भने चुनाव बहिस्कारको निर्णय गरी नसकेको भन्दै यसबारेमा दलहरुसँग छलफल गर्ने र माग पूरा नभए केन्द्रीय समितिको बैठकबाट आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने बताए ।
