समाचारबिहीबार, चैत्र ८, २०६९

पहाडी भेगमा मुसलधारे वर्षा हुने

हिमालखबर

महाशाखाका अनुसार पश्चिमी, मध्य तथा पूर्वी पहाडी भेगको जमिन तातेर बनेको कालो बादलका कारण वर्षा हुने संकेत देखिएको छ । पानी पर्ने क्रम दुई तीन दिन जारी रहने भए पनि सम्पूर्ण पहाडी क्षेत्रमा एकै पटक वर्षा भने नहुने र वर्षा हुने क्रम एक पहाडी क्षेत्रबाट अर्को क्षेत्रमा सर्दै जाने महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताए ।

केही दिनदेखि सामान्य बन्दैगएको काठमाडौं उपत्यकाको मौसममा अघिल्लो दिनदेखि केही प्रतिकूल गतिविधि विकसित भई त्यसको प्रभावस्वरुप ८ चैतमा विभिन्न स्थानमा क्षणिक वर्षा भएको छ ।

पहाडी भेगमा हुने मुसलधारे वर्षापछि देशका पहाडी तथा तराई क्षेत्रमा समेत घाम लागेर क्रमिक रुपमा गर्मी चढ्न शुरु हुनेछ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>