समाचारबिहीबार, चैत्र ८, २०६९

बालकृष्णको बचाउमा दाहाल उत्रिए

हिमालखबर

पुष्पकमल दाहाल

सर्वोच्च अदालतको फैसला अनुसार जेलभित्र हुनुपर्ने बालकृष्ण ढुंगेल स्वतन्त्ररुपमा हिंडिरहेको र अहिले प्रधानन्यायाधीश स्वयमले सरकारको नेतृत्व गरिरहेका बेला ढुंगेलमाथि कार्वाहीको माग बढ्दै गएको छ ।

ढुंगेलमाथि कारवाहीका लागि माग बढदै गएपछि केही दिनअघि एमाओवादी कार्यकर्ताहरुले बालुवाटारमा शान्तिपूर्ण धर्ना दिइरहेका ‘अकुपाई बालुवाटार’ अभियानकर्मीहरुमाथि धावा बोलेका थिए भने त्यस लगत्तै एमाओवादी नेताद्वय देवेन्द्र पौडेल र लिलबहादुर थापाले विज्ञप्ति जारी गर्दै ढुंगेलमाथि कार्वाहीको आवाज उठाउनेहरुविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका थिए । त्यसकै सिलसिलामा पछिल्लो पटक एमाओवादी अध्यक्ष दाहालले ढुंगेल निर्दोष भएको बक्तव्य जारी गरेका छन् ।

दाहालले ८ चैतमा जारी गरेको विज्ञप्तिमा ढुंगेलमाथि कारवाहीको माग गर्नुलाई ‘शान्तिविरोधी गतिविधि’ भनेका छन् ।

एमाओवादीको ढुंगेल बचाउने अभियानप्रति लक्षित गर्दै एकजना कानून ब्यवसायी भन्छन, “अदालतले सजय सुनाएकालाई आफै जेल पठाउनु पर्नेमा शान्ति विरोधि गतिविधि भन्नुले सिंगो एमाओवादी शान्तिको पक्षमा छैन भन्ने स्पष्ट पारेको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>