थप समाचारशुक्रबार, चैत्र ९, २०६९
पेस्तोल तेर्साएर लुटपाट, प्रतिकारमा एक घाइते
सिरहाको लहान नगरपालिका –८ का रेणु कर्ण र पल्टु सदाको घरमा लुटपाट भएको छ । लुटेराहरुले कर्णको घरबाट १० आना सुन, रु ८ हजार र एक थान मोवाइल त्यसैगरी सदाको घरबाट २ आना सुन र एक थान मोवाइल लुटेको वडा प्रहरी कार्यालय लहानले जनाएको छ ।
डाँकाहरूको प्रतिकार गर्दा स्थानीय तुलबहादुर मगर घाइते भएका छन् । उनको उपचारका लागि लहान अस्पतालमा भर्ना गरिएको छ । दुई घरमा प्रवेश गरी लुटपाट गरिरहँदा स्थानीयवासीले प्रतिकार गरेको थिए ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज न्यौपानेका अनुसार डाँकाहरू भाग्ने क्रममा छोडेका एक थान कटुवा पेस्तोल र सोमा लाग्ने एक थान गोली घटनास्थलबाट बरामद भएको छ ।
रासस
