समाचारशुक्रबार, चैत्र ९, २०६९
भारतीय सुरक्षाकर्मी नेपालमा पक्राउ
नेपाल भारत सीमा क्षेत्र मानेभञ्ज्याङ हुँदै पशुपतिनगर आएका उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले पक्राउ गरेको हो ।
एसएसबीका ६ जना हतियारसहित नेपाल प्रवेश गरेकाले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भीमबहादुर दाहालले बताए । उनीहरुको नाम र दर्जा भने सार्वंजनिक गरिएको छैन भने नेपाल आउनुको कारण पनि खोलिएको छैन ।
