समाचारशुक्रबार, चैत्र ९, २०६९

रक्षक नै भक्षक भएपछि

हिमालखबर

मोरङ शनिश्चरेमा एक प्रहरीले भुटानी शरणार्थी शिविरका सोमनाथ अधिकारी र उनकी छोरीलाई ८ चैत साँझ कुटपिट गरी उनीहरुका साथमा रहेको नगद लुटेको खुलेको छ ।

शनिश्चरे शरणार्थी शिबिर सेक्टर सि ३ छाप्रो नम्बर ७ का सोमनाथ अधिकारी र उनकी ११ बर्षे छोरी
खिनमायालाई पथरी बजारबाट शिविर फर्कंदै गर्दा प्रहरी जवान दिलिप यादवले बाटोछेकी कुटपिट गरी
साथमा भएको नगद दुईहजार लुटेका थिए ।

अहिले यादवलाई पथरी प्रहरीले नियन्त्रणमा लिई कार्वाही अघि बढाएको छ ।

यादवले लुटेको नगद दुइहजार पीडित अधिकारीलाई फिर्ता दिलाइएको शनिश्चरे शिबिरस्थित शरणार्थी समन्वय एकाईले जनाएको छ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>