समाचारशुक्रबार, चैत्र ९, २०६९

क्षति ब्याजसहित असुल हुन्छ: दाहाल

हिमालखबर

९ चैतमा धनुषाको महेन्द्रनगर पुगेका एमाओवादी अध्यक्ष दाहालले मधेशमा एमाओवादीको विजयी अभियानको शुरुवात भएको भन्दै अगामी निर्वाचनमा विगतको क्षतिको ब्याजसहित असुल उपर गर्ने बताएका छन् ।

धनुषाको सखुवा महेन्द्रनगरमा एमाओवादी धनुषाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दहालले पहाड र मधेशलाई एक पान आफू मधेशबाट चुनाव लडने समेत घोषणा गरे ।

रामचन्द्र झाले ‘स्टाटस’ खोजे
एमालेबाट दुई दिनअघि राजीनामा गरेका रामचन्द्र झालाई भेट्न एमाओवादी अध्यक्ष दाहाल ९ चैत विहान झा निवास जनकपुर पुगेका थिए ।

दाहालसँगको भेटपछि झाले एमाओवादीमा प्रवेश गर्ने संकेत गर्दै आफ्नो र आफूसहित प्रवेश गर्ने कार्यकर्ताहरुको ‘स्टाटस’ के हुने भन्ने निक्र्यौल नहुँदासमम एमाओवादीमा प्रवेश नगर्ने बताए ।

“मैले पनि वर्षेनी हजारौंलाई टिका लगाइदिएर पार्टी प्रवेश गराउने काम गरेको छु तर, म आफू त्यसरी टिका लगाएर प्रवेश गर्ने छैन,” झाले भने, “एमाओवादीले संस्थागत निर्णय गरी एमालेबाट आउने केन्द्रीय सदस्य र जिल्ला सदस्यहरुको स्टाटस के हुने भन्ने प्रष्ट पार्नुपर्छ ।”
इश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>