समाचारशनिबार, चैत्र १०, २०६९
भट्टराई आराम गर्न रिसोर्टमा
९ चैत अवेर साँझ बाबुराम भट्टराई पत्नी हिसिला यमी र छोरी मानुषी सहित धुलिखेलस्थित हाइ भ्यू रिसोर्टमा व्यक्तिगत कामका लागि आएको प्रहरी उपरीक्षक गिता उप्रेतीले बताइन् । हिसिला भने १० चैत विहानै फर्किसकेकी छन् ।
काभ्रे प्रहरी प्रमुख गिता उप्रेतीका अनुसार भट्टराई आराम र अध्ययनका लागि रिसोर्टमा पुगेका हुन् ।
भट्टराईले आगामी चुनावी रणनीति बनाउने र घोषणपत्र समेत लेख्ने स्रोतले बताएको छ । जिल्लास्थित एमाओवादी नेतृत्वलाई पनि यसबारे जानकारी छैन । उनको गाडी समेत जिल्ला प्रहरी कार्यलयमा राखिएको छ ।
प्रधानमन्त्री भएकै बेला ४ माघ २०६८ मा पनि उनी आरामको लागि भन्दै काभ्रे आएका थिए । हिसानका अध्यक्ष उमेश श्रेष्ठको उक्त रिसोर्टमा बसेका भट्टराईले त्यसबेला कुटनीतिक भेटघाट गरेका थिए ।
नगेन्द्र अधिकारी, काभ्रे

