थप समाचारशनिबार, चैत्र १०, २०६९

नेविसंघद्वारा स्ववियु निर्वाचन माग

हिमालखबर

नेविसंघले १० चैतमा विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियु निर्वाचनको माग गरेको छ । प्रत्येक वर्ष हुनु पर्ने निर्वाचन विश्वविद्यालयका पदाधिकारीहरुको गैर जिम्मेवार र उदासिन ब्यवहारका ४ वर्षसम्म पनि नभएको भन्दै विज्ञप्तिमा ११ चैतदेखि उपकुलपतिको कार्यालयमा रिले अनशन शुरु गर्ने उल्लेख छ ।

६ चैत २०६५ मा भएको स्ववियु निर्वाचनपछि हालसम्म हुन नसकेको र विद्यार्थीहरुको एकमात्र साझा र वैधानिक संस्थाको अस्तित्व रक्षाको लागि नेपाली विद्यार्थीहरुले संघर्ष गर्नपर्ने बेला आएको विज्ञप्तिमा भनिएको छ ।

त्रिविमा शैक्षिक क्यालेण्डर लागु गर्न समेत माग गरिएको विज्ञप्तिमा मागहरु सम्बोधन नभएमा संघर्षका थप कडा कार्याक्रमहरु घोषण गरिने समेत बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>