समाचारशनिबार, चैत्र १०, २०६९

‘भट्टराई सरकारले गरेका नियुक्ति खारेज नगरेसम्म स्वच्छ निर्वाचन हुँदैन’

हिमालखबर

रिपोर्टर्स क्लब नेपालले १० चैतमा आयोजना गरेको साक्षात्कारमा नेपाली कांग्रेसका नेता रामशरण महतले बाबुराम भट्टराई सरकारले नियूक्त गरेकाहरुले नैतिकताको आधारमा राजिनामा दिईसक्नु पर्नेमा त्यस्तो हुन नसकेकोले अब सरकारले नै उनीहरुलाई बर्खास्त गर्नुपर्ने तर्क गरे ।

साक्षात्कारमा नेकपा एमालेका सचिव शंकर पोख्रेलले निर्वाचनलाई प्रभावित गर्ने गरी अघिल्लो सरकारले गरेको राजनीतिक नियूक्ती र विधि विपरितको सरुवा यथावत राखेर आगामि निर्वाचन निष्पक्ष हुनै नसक्ने भन्दै त्यस्ता निर्णय खारेज गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “सरकार तटस्थ तर नियूक्ती राजनीति यो कुरा मिल्दैन ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै नियूक्तिका लागि अयोग्य भनेको लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गर्न उच्च स्तरीय राजनीतिक समितिले सिफारिस गरेको विषय प्रति असन्तुष्टि प्रकट गर्दै पोख्रेलले राजनीतिक संयन्त्रलाई समेत संविधानको हेक्का राखेर निर्णय गर्न सचेत गराए ।

निर्वाचन आयोगका तिन आयूक्तको संबैधानिकताको विषयमा राष्ट्रपतिले गरेको प्रश्नको सम्बन्धमा राजनीतिक हिसावले अनुभवी मानिसलाई नियूक्तीको सिफारिस गर्नु उचित नै भए पनि संविधान र कानूनलाई सधै बेवास्ता गरिहन नहुने तर्क गरे ।
साक्षात्कारमा नेकपा–माओवादीका सचिव देबप्रसाद गुरुङगले २५ बुँदे बाँधा अडकाउ फुकाउको नाममा चैत १ गते मुलुकमा कु भएको भन्दै त्यो नसच्याएरसम्म आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>