थप समाचारशनिबार, चैत्र १०, २०६९
म्यानमारमा साम्प्रदायिक हिंसा, संकटकाल घोषणा
स्थानीय मुस्लिम र बौद्ध सम्प्रादयबीच भडकिएको हिंसाबाट कम्तीमा पनि २० जना मारिएको बताइए पनि यसको सही तथ्याङ्क उपलब्ध हुन नसकेको बीबीसीले जनाएको छ ।
दुई सम्प्रदाय बीचको हिंसामा घरहरुमा आगजनी र लुटपाट पनि निकै भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
शहरका मुख्य बजारहरु पाँच दिनदेखि बन्द हुँदा खानपिनमा समस्या भएको स्थानीयहरुले बताएका छन् ।
बर्मामा यस्तो साम्प्रदायिक हिंसा बेला बेला भडकिने गरेको छ । यसअघि बर्माको रखिनमा भएको हिंसामा २०० को मृत्यु भएको थियो ।

