थप समाचारआइतबार, चैत्र ११, २०६९

माओवादीद्वारा नामावली संकलनमा अवरोध

हिमालखबर

जिल्ला निर्वाचन कार्यालय पाल्पाले मतदाता नामावली दर्ता गर्न प्रयोग गर्दै आएको ल्यापटप लिएर माओवादी कार्यकर्ता बेपत्ता भएका छन् ।

आइतबार पाल्पाको फेक गाविसको दर्ता केन्द्रमा दशजनाको समूहमा आएका उनीहरुले ल्यापटप नियन्त्रणमा लिएर फरार भएको निर्वाचन कार्यालयका नासु शिवराज अर्यालले बताए ।

निर्वाचन कार्यालयका सुन्दर पाण्डेको नेतृत्वमा दुई प्रहरीसहितको एक टोली खटिएको थियो । त्यस्तै पाल्पाको अर्गलीमा पनि नेकपा–माओवादीका कार्यकर्ताले मतदाता नामावली सङ्कलन कार्यमा अवरोध गरेका छन् ।

फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यका लागि जिल्लाको आठ गाविसमा कर्मचारी र प्रहरी खटिएका छन् । यसअघि फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य रोक्न नेकपा–माओवादीले आग्रह गरेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>