समाचारसोमबार, चैत्र १२, २०६९

मलेसियामा नेपालीमाथि आक्रमण

हिमालखबर

क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आफ्ना कर्मचारीलाई घटनास्थल र अस्पतालमा पठाएको तर अस्पतालमा दुई जना नेपाली घाइते अवस्थामा भेटिएको जनाएको छ । मलेसियका लागि कार्यवाहक राजदूत लेखनाथ भट्टराईले स्थानीय प्रहरीले पनि नेपालीको मृत्यु भएको पुष्टि नगरेको बताएका छन् ।

जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्तानमा कामबाट फर्किरहेका नेपालीहरुको स्थानीय युवाहरुसँग १० चैत राति भनाभन भएको र त्यसपछि स्थानीयले नेपालीहरुमाथि आक्रमण गरेको त्यहाँस्थित नेपालीहरु बताएका छन ।

घट्नालगत्तै प्रहरी आएर घटनास्थल नियन्त्रणमा लिएकाले पनि थप जानकारी पाउन नसकेको नेपालीहरुले बताएका छन् ।

परराष्ट्रमन्त्री माधव घिमिरेले काठामाडौंस्थित मलेसियाका राजदूतलाई बोलाएर घटनाबारे जानकारी लिइने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>