समाचारसोमबार, चैत्र १२, २०६९
निर्वाचनलाई जनमत संग्रहका रुपमा लिन केसीको आग्रह
१२ चैतमा धनकुटामा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेता केसीले आगामी संविधानसभाको चुनावले लोकतान्त्रिक पद्धति र सर्वसत्तावादका बीच ऐतिहासिक वाटो निर्धारण गर्नुपर्ने भएकाले जनमत संग्रहका रुपमा लिनु पर्ने वताएका छन् ।
केसीले भने, “अव हुने संविधानसभाको निर्वाचनलाई सर्वसत्तावादका विरुद्धको जनमत संग्रहका रुपमा लिनु पर्छ ।” अव मुलुक निर्वाचनमा अघि बढिसेको भन्दै केसीले सवै दलहरु निर्वाचनमा सहभागी भएर लोकतन्त्रलाई बलियो पार्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।
उनले निर्वाचनबाछ कांग्रेस बहुमतमा आए एक वर्षमै नयाँ लोकतान्त्रिक संविधान निर्माण हुने पनि दाबी गरेका थिए ।
सन्तोष रुचाल, धनकुटा
